काठमाडौं ।
एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि काठमाडौं किङ्स ११ ले आयरल्यान्डका केभिन ओब्रायनलाई भित्र्याएको पुनः यो सिजनमा पनि खेलाउने भएको छ ।
मंगलबार ईपीएलले विज्ञिप्ती जारी गर्दै उनलाई यो संस्करणका लागि आवद्ध गरेको हो । अघिल्लो संस्करणमा पनि उनले काठमाडौंबाटै खेलेका थिए ।
सन् २०१८ को ईपीएल खेलेका उनले ७ खेलमा ९ विकेट लिएका थिए भने उनी सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए ।
ओब्रायनसँग आयरल्यान्डका लागि ३ एकदिवसिय विश्वकप र ५ टि–२० विश्वकप क्रिकेट खेलेको अनुभव छ ।
केभिन टोलीमा आवद्ध हुँदा काठमाडौंका लागि अन फिल्ड र अफ दि फिल्डमा सकारात्मक प्रभाव पर्ने काठमाडौंले जनाएको छ । उनी आयरल्यान्डका लागि टेस्ट क्रिकेटमा शतक प्रहार गर्नै पहिलो खेलाडी हुन् ।
प्रतिक्रिया