८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भारतमा दुर्घटनामा परी घाइते जिनुवाका पाण्डेलाई अष्ट्रेलियाबाट ५० हजार सहयोग



बाबुराम रायमाझी,फाल्गुण १२ कपिलवस्तु
भारतमा रोजगारीको क्रममा दुर्घटनामा परेर गम्भिर घाइते बाणगंगा-९ जिनुवाका कृष्ण पाण्डेलाई अष्ट्रेलिया बस्ने नेपालीले सहयोग गरेका छन् । रोजगारीको सिलसिलामा भारतको लुधियानामा २०७६ साल श्रावण २१ गते स्कुटर दुर्घटनामा परी गम्भीर चोट लागेका जिनुवा निवासी कृष्ण प्रसाद पाण्डेलाई अष्ट्रेलिया बस्ने नेपालीले सहयोग गरेका छन् ।

दुर्घटनापछि गम्भिर घाइते भई उपचारमा समस्या भएको थाहा पाएपछि पाण्डेलाई हाल अष्ट्रेलिया मेल्वर्न (स्थायी चितवन) बस्ने माधुरी भुसाल, सुप्रभा भुसाल, सोमनाथ कँडेल, लाल प्रसाद कँडेलले उपचारको लागि ५० हजार नगद सहयोग गर्नुभएको हो । सहयोगदाता उहाँहरु जिनवाकै विष्णु प्रसाद भुसाल र मञ्जु भुसालका छोरी ज्वाइ हुनहुन्छ ।


सोमबार पीडित पाण्डे परिवारको घरमा पुगी वडाध्यक्ष ध्रुव बेलबासेको सहभागितामा सो रकमपरिवारलाई हस्तानतरण गरिएको थियो । पीडित कृष्ण पाण्डेको आर्थिक अवस्था पनि कमजोर भएको र उमाधुरी भुसालले बताउनु भयो । रकम पाएपछि पीडित पाण्डेको परिवारमा खुसी छाएको छ ।

वडाध्यक्ष बेलबासेले सहयोग गर्नेलाई धेरै धन्यबाद दिँदै बाँच्नुको सार नै मानवीय सेवा रहेको बताउनु भयो । दुर्घटनापछि पाण्डेको टाउकोमा चोट लागेको छ भने उहाँको मानसिक सन्तुलन पनि गुमेको छ । उहाँ राम्रोसंग बोल्न पनि सक्नुहुन्न ।

आर्थिक अभावका कारण राम्रो औषधी उपचार नहुँदा स्वास्थ्यमा सुधार नभएको परिवारजनले बताउँदै सबैलाई सहयोग गर्न अपिल पनि गरेका छन् । सहयोग कार्यक्रममा वडासदस्य भिम बहादुर पुन, पत्रकार बाबुराम रायमाझी लगायतको सहभागिता रेहेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६ मंगलबार ००:००  ७ : ३३ बजे