८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगाको वडा नं ११ द्धारा १० हजार थान सेनेटरी प्याड वितरण



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ ले १० हजार थान सेनेटरी प्याड वितरण गरेको छ । वडा भित्रका निजी तथा सामुदायिक विद्यालयलाई निशुल्क सेनटरी प्याड वितरण गरिएको वडा कार्यलयले जनाएको छ । वडा नम्बर ११ ले भौतिक विकासलाई मात्र नभई स्थानियको शिक्षा र स्वास्थ्यलाई पनि प्राथामिकता दिदै स्वास्थ्य लगाएतको क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको अध्यक्ष अर्यालले बताउनुभयो । उहाले किशोरीको स्वास्थ्य तथा सरसफाइलाई अभियानकै रुपमा संचालन गर्ने बताउनुभयो । प्याड वितरण गर्दै वडा अध्यक्ष अर्यालले किसोरीको स्वास्थ र सरसफाइ लाई विशेष ख्याल गर्दै अगाडि बढ्न सकेमा मात्रै सफल हुने बताउनुभयो ।
वडाले महिनावारी सरसफाइ कार्यक्रम अन्तरगत विद्यालयलाई प्याड वितरण गरेको हो । कार्यक्रममा वडा सदस्य वाजबुल लैन, जगनारायण थारु, इमकला केसि, साबित्रा बिक, वडा बाल सहजकर्ता उदयराज तिवारी, स्वास्थ केन्द्र हथौसाका इन्चार्ज राजु सुनारी, मदन पौडेल लगाएतको सहभागिता रहेको थियो । वडाले किशोरीलाई महिनावारी सम्बन्धी एक दिने अभिमूखीकरण का साथै प्याड वितरण गरेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  ७ : ४३ बजे