८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

जनतालाई धनि बनाउन सकिएन भने विकासको अर्थ छैन्ः विष्णु पन्थी



मायादेवी अनलाइन, चारनम्बर ।


प्रदेश ५ का प्रदेश सांसद तथा लोकप्रिय नेता विष्णु पन्थीले जनताको जीवनस्तरलाई माथि उठाउन सकिएन भने विकासको कुनै अर्थ नहुने बताउनुभएको छ । जनतालाई धनि बनाउन सके मात्र विकास निर्माणका काम देखिने भन्दै आर्थिक समृद्धिसंग जोडिने गरी तीन तहका सरकारले योजना बनाउनुपर्नेमा जोड दिनुभयो । कपिलवस्तुको निग्लिहवा स्वास्थ्य चौकीको सोमबार नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै उहाँले निग्लिहवा जिल्लाकै रणनीतिक ठाउँ भएको उल्लेख गर्नुभयो ।


‘कपिलवस्तुको प्रमुख भागमा पर्ने निग्लिहवा रणनीतिक महत्व बोकेको ठाउँ हो । यसको विकासमा तीन तहकै सरकार एक भएर लाग्नु पर्नेछ सांसद पन्थीले भन्नुभयो, “पर्यटनको विकास यस ठाउँको आर्थिक समृद्धिको प्रमुख आधार हो ।” तीन तहका सरकार तीन तिर फर्किएर यहाँको विकास नहुने भन्दै कसले के के गर्ने हो योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।


गत बर्ष प्रदेश सरकारले जगदीशपुर तालको विकासका लागि दुई करोड बजेट विनियोजन गरेपनि समयमा काम गर्न नसकिएको उहाँले बताउनुभयो । योजनाबद्ध विकासले मात्र ठूला कामहरु गर्न सकिने भन्दै उहाँले निग्लिहवाको विकासमा सबै एक भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।


यस क्षेत्रको विकासबारे जानकारी दिदै सांसद पन्थीले अबका एक÷दुई बर्षमा ठूला जसो सडकका काम सबै सकिने जिकिर गर्नुभयो । सडक सञ्जालले सिंगो कपिलवस्तु जोडिन लागेको उल्लेख गर्दै अब यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्दै आर्थिक समृद्धिसंग जोडिने गरी काम गर्नुपर्ने बेला आएको बताउनुभयो । बुद्धस्थलले धनि यस जिल्ला पर्यटकीय सम्भावनाको अपार भूमि रहेको भन्दै यता तर्फ सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  ४ : २८ बजे