८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विश्वकै वृद्ध प्रधानमन्त्रीले दिए राजीनामा



काठमाण्डौ ।
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन ।
उनले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन । ९४ वर्षीय मोहम्मद विश्वको सबैभन्दा वृद्ध प्रधानमन्त्रीका रुपमा चिनिन्थे ।
महाथिर मोहम्मद गएको चार दशकदेखि मलेसियाको केन्द्रिय राजनीतिमा सक्रिय थिए । उनी सन् १९८१ देखि २००३ सम्म लगातार मलेसियाका प्रधानमन्त्री बनेका थिए ।
त्यसपछि सन् २०१८ मा नजीब रज्जाकलाई हराउँदै महाथिर मोहम्मदले फेरि सत्तामा पुनरागमन गरेका थिए । रज्जाक सरकारी कोषसँग सम्बन्धीत करौडौँ रकमको घोटालामा संलग्न थिए ।
गएको केही दिनदेखि महातिर मोहम्मद र ७२ वर्षीय अनवर इब्राहिमबीच सत्ताको खिचातानी चलिरहेको बताइएको थियो । जसका कारण महाथिरले मलेसियाका सुल्तान अहमद शाहलाई आफ्नो राजीनामा सुम्पिएका हुन । महाथिर लामो समयसम्म बार्सिन नेसलन पार्टीको सदस्य थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  १ : २७ बजे