८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सुर्खेत पुगेर कमल थापाले भने, ‘राजसंस्था पुनर्स्थापित गरौं’



सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपाले गर्ने भनेको संविधान संसोधन अहिले आवश्यक नरहेको बताएका छन् । थापाले सरकारले गर्नु पर्ने जनजिवीका र विकासका काम छोडेर संविधान संसोधनको तयारीमा लाग्नु भनेको ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै भएको बताएका छन् ।
राप्रपा नेपालको निर्वाचन अभिमुखिकरण बैठकका लागि सुर्खेत आइपुगेका अध्यक्ष थापाले पत्रकारसँगको भेटघाटमा सत्तारुढ नेकपाले बिना अर्थमा संविधान संशोधनको तयारी गरेको जनाए । देशमा भ्रष्टाचार बढिरहेको बताउँदै अध्यक्ष थापाले धर्म परिर्वतन, बेरोजगारी समस्या, बाह्य शक्तिको दबाब र प्रभाव पनि बढिरहेकोमा चिन्ता व्यक्त गरे । उनले संविधान संशोधन नै गर्ने भए राजतन्त्र स्थापना गर्ने गरी संसोधन गर्नु पर्ने थापाले बताए ।
संविधान र संसदको नियन्त्रणमा रहने राजतन्त्र स्थापना गर्नुपर्नेमा उनको जोड छ । थापाले संविधान निर्माताको परिकल्पना निर्वाचन हारेकालाई प्रधानमन्त्री बनाउनको लागि नभएको बताए । उनले कांग्रेस र नेकपा सिद्धान्तविहीन भइसकेको जिकीर पनि गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  १२ : ५६ बजे