८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

न्युजिल्याण्ड भारत टेस्टःटि २० मा हारेको बदला न्युजिल्याण्डले टेस्टमा १० विकेटले जितेर लियो



काठमाडौं । फास्ट बलरले सानदार प्रदर्शन गर्दा घरेलु टोली न्युजिल्याण्डले भारतविरुद्धको पहिलो टेष्ट १० विकेटले जितेको छ ।दोस्रो इनिङ्समा भारतलाई १९१ रनमै अलआउट गरेपछि जम्मा ९ रनको लक्ष्य पाएको न्युजिल्याण्डले दोस्रो इनिङ्समा १।४ ओभर खेल्दै विकेट नगुमाई लक्ष्य पूरा गरेको हो ।न्युजिल्याण्डले २ खेलको सिरिजमा १–० को अग्रतासमेत लिएको छ । टेष्ट च्याम्पियनसिपमा भारतको यो पहिलो हार र न्युजिल्याण्डको एक सयौं टेष्ट जित हो ।

सोमबार भारतले १४४।४ बाट चौथो दिनको खेलअगाडि बढाएको थियो । तर ४७ रन थप्दा ६ विकेट गुमायो । अजिन्क्या रहाने ४ रन थप्दै २९ रनमा आउट भए भने हनुमान बिहारी १५ रनमै आउट भए । त्यसपछि भारतको निरन्तर विकेट गयो । रिषव पन्त २५, रविचन्द्रन आश्विन ४, इशान्त शर्मा १२ रनमा आउट भए भने जसप्रित बुमराहले खाता खोल्न सकेनन् ।भारतलाई अलआउट गर्न न्युजिल्यान्डका लागि टिम साउथीले ५ तथा ट्रेन्ट बोल्टले ४ विकेट लिए ।

वेलिङ्टनमा भएको खेलमा भारत पहिलो इनिङ्समा १६५ रनमा अलआउट भएको थियो भने न्युजिल्याण्डले पहिलो इनिङ्समा ३४८ रन बनाएको थियो ।९ विकेट लिएका टिम साउदी खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  ९ : ११ बजे