मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाली काँग्रेशका शीर्ष नेताहरु फागुन १३ गते मङ्गलबार (भोली) कपिलवस्तु आउँदै छन् । पार्टी कार्यालय तौलिहवामा विशेष प्रशिक्षणको लागि कोषाध्यक्ष सितादेवी यादव, केन्द्रिय सदस्य डा. शेखर कोइराला, महिला नेतृ सुजाता कोइराला, युवा नेताद्धय गगन थापा र चन्द्र भण्डारी आउनु हुने भएको हो । जिल्ला सभापति सुरेन्द्रराज आचार्यका अनुसार उहाँहरुसंगै विहान ११ बजे दिपक गिरि, पुर्व सिचाई मन्त्री तथा बर्दिया सभापति सन्जय गौतम लगायतका नेताहरु जिल्लामा आउँदै हुनहुन्छ । उहाँहरुले पार्टीका आन्तरिक र समसामयिक बिषयमा कुराहरु राख्नु हुने भएकाले पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुलाई उपस्थितिका लागि आचार्यले आग्रह गर्नुभयो ।
१२ फाल्गुन २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया