८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेइमारले रातो कार्ड पाए, अरु कुनकुन क्लव विजयी भए ?



एजेन्सी । फ्रेन्च लिग वानमा पीएसजी विजयी भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोलीले बोर्डोलाई ४–३ ले पराजित र्गयो । जितसँगै पीएसजीले लिगमा १३ अंकको अग्रता लिएको छ ।पीएसजीले ६५ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको ओलम्पिक मार्सेको ५२ अंक मात्र छ । खेलमा एम्बाप्पे र काभानीले एकएक गोल गरेका थिए भने अरु २ गोल अरु खेलाडीले गरेका थिए । गयरातिको खेलमा नेइमारले रातो कार्ड पाएका थिए । खेलको अन्तिम समयमा नेयमार रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि इन्ज्युरी समयको केही मिनेट पीएसजीले १० खेलाडीमा खेलेको थियो ।
उता म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ ।वाट्फोर्डलाई ३–० ले हराउँदै म्यान यू २७ खेलबाट ४१ अंकसहित शीर्ष पाँचमा उक्लिएको हो ।चौथो स्थानको चेल्सीको ४४ र छैटौं स्थानको टोटनह्यामको ४० अंक छ ।
यस्तै स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । एट्लेटिकोले आफ्नो मैदानमा भिल्लारियललाई ३–१ ले हराउँदै ४३ अंक बनाएको छ । यो जितको कारण एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । खेलमा भिल्लारियलले सुरुमै अग्रता लिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  ८ : १३ बजे