काठमाण्डौँ । मछिन्द्र क्लबले सताक्षी गोल्ड कपको उपाधि जितेको छ । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन ९ दिनपछि मछिन्द्रले नकआउट फुटवल प्रतियोगिताको उपाधि उचालेको हो । खेलको तेश्रो मिनेटमै विमल घर्ती मगरले गरेको पेनाल्टी गरेको गोल नै निर्णायक बनेको थियो । अशोक खवासले अडेलाजा सोमिडेलाई पेनाल्टी एसयिामा लडाएपछि मछिन्द्रले पेनाल्टीको अवस्था पाएको थियो ।
खेलभर दुवै टोलीले गोलका लागि केहि अवसर पाए पनि सफल हुन सकेनन् । लिगको उपविजेता त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको थियो । उता थ्री स्टार भने आयोजक टोलीलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । फागुन ३ गते सम्पन्न लिगमा मछिन्द्र च्याम्पियन बनेको थियो ।
लिग इतिहासमा मछिन्द्र च्याम्पियन बनेको त्यो पहिलो अवसर हो । लिगका दौरान पनि मछिन्द्रले थ्री स्टारलाई २–० ले हराएको थियो । सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताको विजेता मछिन्द्रले उपाधिसहित ६ लाख र थ्री स्टारले ३ लाख रुपैयाँ पाउनेछ ।
प्रतिक्रिया