९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

करियरको १००० औं खेलमा पनि रोनाल्डोको गोल



काठमाण्डौ । पोर्चुगलको राष्ट्रिय फुटबल टीम तथा युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो शनिबार आफ्नो फुटबल करियरको १००० औं खेलमा पनि गोल गरेका छन् ।
इटालियन सिरी ‘ए’ अन्तर्गत गयराति एसपीएलविरुद्ध आरामपछि मैदानमा उत्रिएका रोनाल्डोले करियरको एक हजार खेलको कोशेढुङ्गा सुखद तरिकाले पार गरेका छन् । रोनाल्डोको १ गोलमा युभेन्टस दुई एकले पराजित गरे । अर्को गोल राम्जीले गरे । पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका रोनाल्डाले सन् २००८ मा पहिलो पटक फिफा बेलोन ‘डी’ ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए। उनले पाँच पटक बेलोन ‘डी’ ओर जितिसकेका छन्।

हालसम्म १ हजा। खेल खेलिसकेका रोनाल्डोले क्लबबाट ८ सय ३५ खेल खेल्दा राष्ट्रको लागि १ सय ६४ खेल खेलेका छन् भने अहिलेसम्म ७ सय २५ गोल गरेका छन् ।

उनले सन् २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका थिए । उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। रोनाल्डोलाई विश्वकै महान फुटबल खेलाडीहरुमध्ये एकको रुपमा लिइन्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६ आइतबार ००:००  ६ : ३१ बजे