९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

१० औँ स्थानको लेभान्टेसँग शीर्षस्थानको रियल स्तब्ध



एजेन्सी । स्पेनिस ला लिगामा रियाल म्याड्रिड स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा रियाल घरेलु टोली लेभान्टेसँग १–० ले स्तब्ध बनेपछि स्पेनिस ला लिगाको शीर्षस्थानमा पुग्ने अवसर गुमाएको छ । हारसँगै रियालले शीर्षस्थानमा उक्लने अवसर गुमाउँदा शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि परेको छ । रियालको २५ खेलबाट ५३ अंक रहेको छ । उति नै खेलबाट बार्सिलोनाको ५५ अंक रहेको छ । रियाललाई पराजित गरेको लेभान्टे ३२ अंक जोडेर १०औं स्थानमा छ ।क्याटलान क्लब बार्सिलोानाले शनिबार राति नै कप्तान लियोनेल मेस्सीको ४ गोल सहयोगमा एइवारलाई ५–० ले पराजित गर्दै शीर्षस्थानमा पूनरागमन गरेको थियो । ला लिगामा रियालको यो दोस्रो हार हो । यसअघि रियाल ला लिगाको नवौं राउन्डमा मार्लोकासँग १–० ले पराजित भएको थियो । त्यसयता, २४औं चरण सम्म अपराजित रहेको रियाल लेभान्टेसँग स्तब्ध बन्न पुगेको हो ।

घरेलु टोलीलाई लगातार दवावमा राखेपनि रियालले लेभान्टेको बलियो रक्षापङ्ति तोड्न सकेन । ११औं मिनेटमा इस्कोको पासमा करिम बेन्जिमाले वान भर्सेस वानमा गाल गर्न सकेनन् । १६औं मिनेटमा टोनी क्रुसको कनैरमा क्यासमिरोको हेडर बाहिरियो । ४०औं मिनेटमा इस्कोको पासमा अनमार्क लुका मोड्रिचको प्रहारलाई लेभान्टेका गोलरक्षक एटिटरले बचाए ।दोस्रो हाफको शरुमै लेभान्टेले गोलको सुन्दर अवसर खेर फाल्यो । इनिस बार्दीको प्रहारलाई रियालका गोलरक्षक थिवाउट कोर्टुवाले बचाए । ५३औं मिनेटमा मार्सेलोको लामा थ्रु बलमा इडेन हजार्ड चुके । घरेलु टोलीलाई लगातार दवावमा राखेको रियालले ७९औं मिनेटमा गोल खान पुग्यो । जोस लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । त्यही गोल नै रियाललाई स्तब्ध पार्न पर्याप्त बन्यो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६ आइतबार ००:००  ६ : २२ बजे