कपिलवस्तु ।
बार्सिलोना स्पेनीस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । इएबरमाथि सानदार जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले इएबारलाई ५–० गोल अन्तर पराजित गर्यो ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी एक्लैले चार गोल गरे । ला लिगा अन्तरगत बार्सिलोनाको २५ औं खेलको पहिलो हाफमै कप्तान लियोनल मेस्सीले ह्याट्रीक गोल गरे । दोस्रो हाफमा थप १ गोल गरे ।
घरेलु दर्शकको समर्थनमा मैदान उत्रिएको बार्सिलोनाका लागि १४ औं मिनेटमा इभान राकिटिकको पासमा मेस्सीले पहिलो गोल गरे ।
३७ औें मिनेटमा मेस्सीले दोस्रो गोल गरे । दोस्रो गोल गरेको तीन मिनेट बित्न नपाउँदै मेस्सीले ह्याट्रीक पुरा गरे ।
चौथो गोल मेस्सीले ८७ औें मिनेटमा गरे । थप एक गोल अर्थुर मेलोको नामा रह्यो । उनले ८९ औें मिनेटमा गोल गरे ।
जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । २५ खेलबाट बार्सिलोनाले ५५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५३ अंक छ ।
रियलले पनि आज राति १ः४५ बजे लेभान्टेसँग खेल्दैछ । आफ्नो २५ औं खेल रियलले लेभान्टेको घरेलु मैदानमा खेल्नेछ ।
लेभान्टे २९ अंकका साथ १३ औं स्थानमा छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको रियलले जित निकाल्दै पहिलो स्थानमा उक्लने दाउमा हुनेछ ।
प्रतिक्रिया