९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

तौलिहवामा एकै पटक दुई कृतिको बिमोचन



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको तौलिहवामा साहित्यकार पार्वती शर्मा ‘निशा’द्धारा रचित दुई कृतिको एकै पटक बिमोचन गरिएको छ । लुम्बिनी बाङ्मय प्रतिष्ठान कपिलवस्तुले शनिबार आयोजना गरेको कार्यक्रममा ‘मुटु नभएकी आमा’ र ‘मसानघाटको प्रेरणा’ नामक कृति बिमोचन गरिएको हो । मुटु नभएकी आमा आत्म कथा र मसानघाटको प्रेरणा झ्याउरे गीति संङ्ग्रह हो ।

यस अघि उनले २०७१ सालमा ‘ज्योति’ नामक कथा संग्रह निकालेकी थिईन । प्रदेश सदस्य माला गोतामे, कपिलवस्तु नगरपालिकाकी उप–मेयर लक्ष्मी साउ गुप्ताले संयुक्तरुपमा सो कृतिको बिमोचन गरेका थिए । प्रदेश सदस्य गोतामेले साहित्यमा खडेरी परेको बेला महिलाद्धारा रचित एकै पटक दुई कृति आउनु निकै खुशीको कुरा भएको बताईन । उनले साहित्य मार्फत पनि ऐतिहासिक कपिलवस्तुलाई चिनाउनु पर्नेमा जोड दिईन ।

यस्तै उप मेयर गुप्ताले एकै पटक दुई कृति आउनु आफैमा गौरवको कुरा भएको बताईन । महिलाहरु पनि कुनै मामलामा पुरुष भन्दा कम नहरेको भन्दै उनले यसले पनि महिला सशक्तिकरणमा पे्ररणा मिल्ने बिश्वास ब्यक्त गरिन् । बिमोचन समारोहमा दुई दर्जन बढीले आ–आफना रचना कला प्रस्तुत गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राघवेन्द्र श्रीवास्तवको अध्यक्षता र इन्दिरा देवकोटाको संचालनमा भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७६ शनिबार ००:००  १० : २५ बजे