मायादेवी अनलाइन, भलवाड ।
नेपाली कांग्रेस भलवाड इकाइको आयोजनामा नेपाल स्वास्थ्यकर्मी संघ कपिलवस्तुका जिल्ला अध्यक्ष जित बिकास रायमाझी, बोम बहादुर रायमाझी, वरिष्ठ समाजसेवी काजीमान रायमाझी, हरि बहादुर रायमाझी, पशुपति रायमाझीकी आमा निधनमा शोक सभा गरिएको छ ।
रायमाझीकी आमा यमकला रायमाझीको यही फाल्गुण २ गतेका दिन ९० वर्षको उमेरमा भएको असमायिक निधनको शनिबार ९ औ दिनको पुण्यतिथीको अवसरमा वाणगंगा ९ भलवाड स्थित रायमाझी निवासमा शोक सभा गरिएको हो ।
शोक सभामा स्वर्गीय यमकला रायमाझीको संक्षिप्त जिवनी बारे बाबुराम रायमाझीले वताउनु भएको थियो । सो शोक सभामा पूर्व राज्यमन्त्री तथा जिल्ला सभापति सुरेन्द्रराज आचार्य, पूर्व मन्त्री तथा पूर्व राजदूत दिप कुमार उपाध्याय, नेपाली कांग्रेस कपिलवस्तुका पूर्व सभापति राजेश आचार्य, वाणगंगा ९ का वडाध्यक्ष ध्रुव वेल्वासे लगायतले शोक मन्तब्य दिँदै स्वर्गीय रायमाझीको परिवारबाट देश र जनताका लागि प्रजातन्त्र प्राप्तिका लागि खेलेको भूमिका वारेमा चर्चा गर्नुभएको थियो ।
शोक सभामा तरुण दलका अध्यक्ष शक्तिसिंह ठकुरी, नेपाल विधार्थी संघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेल, बाणगंगा यातायात समितिका अध्यक्ष विष्णु न्यौपाने, कपिलवस्त उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष टोप नारायण भण्डारी, महाधिवेशन प्रतिनिधी टेक बहादुर शाही, दुर्गा सेन, जिल्ला सदस्य हरिराज घिमिरे, रवि काफ्ले, देवेन्द्र कुमार रायमाझी, क्षेत्र नं.१ (क)का क्षेत्रिय सभापति शालिकराम चौधरी, सचिव पे्रम नारायण पौडेल, सदस्य दुर्गा के.सी., ज्ञानु कार्की, नारायण थापा, समाजसेवी, बुद्धिजिवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
कार्यक्रम नेपाली कांग्रेस भलवाड इकाइका सभापति दिपक कुमार थापाको अध्यक्षता, जिल्ला सभापति आचार्यको प्रमुख आतिथ्यता, पूर्व मन्त्री तथा पूर्व राजदूत उपाध्यायको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम सचिव चुरामणी अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
१० फाल्गुन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया