एजेन्सी ।
स्पेनिस ला लिगामा आज चार खेल हुँदैछन् । जारी लिगको २५औं चरणअन्तर्गत आज ८ वटा टोलीले खेल्नेछन् ।आज डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोना र उपाधि दाबेदार मानिएको टोली रियल मड्रिड पनि प्रतिस्पर्धामा छ ।
बार्सिलोनाले इएबारसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ ।क्याप नोउमा हुने उक्त खेलमा बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने अवसर छ ।हाल ऊ ५२ अंकसहित दोस्रो स्थानमा छ भने ५३ अंक भएको रियल मड्रिड शीर्ष स्थानमा छ ।यस खेलमा बार्सिलोनाले १६औं स्थानको इएबारलाई हराउन सकेमा, उसले शीर्ष स्थान बनाउने छ ।यता, रियलले पनि आजै हुने अर्को खेलमा प्रतिस्पर्धा गर्दैछ । राति १ः४५ बजे हुने यस खेलमा रियलले लेभान्टेसँग खेल्दैछ । यो खेल लेभान्टेकै मैदानमा हुनेछ ।लेभान्टे २९ अंकका साथ १३औं स्थानमा छ । यस खेलमा रियलले जित निकाल्न सकेमा ऊ ५६ अंकसहित शीर्ष स्थानमै रहनेछ ।
आज हुने खेलहरू
सेल्टा भिगोविरुद्ध लेगानेस– साँझ ५ः४५ बजे
बार्सिलोनाविरुद्ध इएबार– राति ८ः४५ बजे
रियल सोसिडाडविरुद्ध भ्यालेन्सिया– ११ः१५ बजे
लेभान्टेविरुद्ध रियल मड्रिड– राति १ः४५ बजे
प्रतिक्रिया