९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

टेस्ट क्रिकेटमा के भयो भारतलाई, पहिलो पारीमा १६५ रनमै अलआउट



एजेन्सी । न्युजिल्याण्डसँगको शृखलाको पहिलो टेष्ट क्रिकेटको पहिलो पारीमा भारत १६५ रनमा अलआउट भएको छ ।

पहिलो दिन १२५ रन जोड्दा ५ विकेट गुमाएको भारतले दोश्रो दिन थप ४० रन जोड्दै बाँकी ५ विकेट गुमाएको हो ।

भारतका लागि अजिंक्या रहाणेले सर्वाधिक ४६ तथा मायांक अग्रवालले ३४ रन जोड्नु बाहेक अन्य खेलाडीले खासै रन बनाउन सकेनन् । कप्तान कोहलीलाई यही खेलमा डेब्यु गरेका काइल जेमिसनले २ रनमै आउट गरे ।

निकै आशा गरिएका पृथ्वी श ले १६, रिशभ पन्तले १९ तथा हनुमा विहारीले जम्मा ७ रन मात्र बनाउन सके । टेस्ट फर्म्याटमा नाम कहलिएका चेतेश्वर पुजाराले ११ रनको झिनो योगदान गरे ।

बलिङतर्फ न्यूजिल्याण्डका टीम साउदी र काइल जेमिसनले चार(चार विकेट लिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६ शनिबार ००:००  ८ : २६ बजे