मायादेवी अनलाइन, चारनम्बर ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उठेर चुनाव जित्नुभएका नगर प्रमुख रजत प्रताप शाहले विपक्षीले जति प्रहार गरेपनि आफु कत्ति नडराउने बताउनुभएको छ । नगरको विकासमा आफु दिनरात लागेपछि विपक्षीलाई देखि नसक्नु भएको भन्दै आफु र नगरपालिकामाथि वदनाम गर्ने प्रयास भैरहेको बताउनुभयो ।
आफु निर्वाचित भए देखि नै विपक्षी साथीहरुले बदनाम गर्ने प्रयास गरिरहेको भन्दै त्यसले आफुलाई कुनै प्रभाव नपार्ने बताउनुभयो । आफु जनताको बीचमा खटिरहेको भन्दै जनताले औला ठडाए मात्र डराउने बताउनुभयो । आफ्नो कामले जनताले औलो ठडाउने अवस्था नआउने उहाँले जिकिर गर्नुभयो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा शुक्रबार कृष्णनगरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाहले चुनावमा स्वतन्त्र रुपमा उठ्दा काम गर्छ भनेरै जनताले जिताएको भन्दै जनताको भावना विपरित आफु कहिल्यै नजाने बताउनुभयो । पछिल्लो समय मन्त्रालयबाट नगरपालिकाको अनुगमनमा आएको टोलीलाई आफुले पूर्ण सहयोग गरेको बताउनुभयो ।
कतिपयले नगरमा मन्त्रालयको टोली आएर छापा हानेको भन्दै गलत प्रचार गरिरहेको भन्दै त्यस्ता प्रचारका पछाडि नलाग्न उहाँले आग्रह गर्नुभयो । ‘नगरपालिकाको बदनाम गराउने विभिन्न प्रपञ्च रचिएको छ, उहाँले भन्नुभयो, आफु कुनै लोभ र लालचमा पर्ने मान्छे नभएकाले डराउनुपर्ने कुनै कारण छैन् ।’ आफ्नो डर विपक्षीसंग भन्दा जनतासंग हुने बताउनुभयो ।
प्रतिक्रिया