९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुसहीत पश्चिमी नेपालमा हल्का वर्षा



काठमाडौं ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रबार बिहानदेखि पश्चिम नेपालका अधिकांश स्थानमा हल्का वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, भैरहवालगात ठाउँमा हल्का वर्षा भएको हो ।

उक्त प्रणालीका कारण काठमाडौं उपत्यकाको मौसम पनि चिसो भएको छ ।

‘देशभरि नै आज बदली हुन्छ । काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ,’ महाशाखाका मौसमविद् राजु प्रधानांगले भने । बदलीको क्रम शनिबारसम्म जारी रहेनछ ।

यस्तो आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना देखिन्छ।

फागुन १० गते (शनिबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थान र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ ।

फागुन ११ गते (आइतबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६ शुक्रबार ००:००  ५ : ०७ बजे