९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आईसीसी महिला टी-२० विश्वकप पहिलो खेल भारत र अष्ट्रेलियाबीच



काठमाण्डौ ।
अष्ट्रेलियामा आज शुक्रबारदेखि महिलाको टी-२० विश्वकप सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भारत र अष्ट्रेलिया खेलिरहेका छन् । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेपछि सिड्नीमा सुरु भएको छ । प्रतियोगितामा सहभागी १० देशलाई दुई समूहमा बाँडिएको छ । दुवै समूहका शीर्ष दुईरदुई समूह प्रतियोगिताको सेमिफाइलनमा पुग्नेछन् ।

समूह ‘ए’ मा अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, श्रीलङ्का र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा इग्ल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेष्ट इण्डिज, र थाइल्याण्ड छन् । चार पटकको विश्व च्याम्पियन अष्ट्रेलियालाई घरेलु मैदानमा सबैभन्दा प्रमुख दावेदार मानिएको छ । प्रतियोगिताको फाइनल अन्तर्राष्ट्रिय नारी दिवसका दिन अर्थात मार्च ८ तारिखमा मेलबर्नमा हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६ शुक्रबार ००:००  २ : २७ बजे