९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस भित्र व्यक्तिवादी प्रवृत्ति हाबी भयोः नेता डा.महत



पर्सा ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली कांग्रेसमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन्। शुक्रबार वीरगन्जका सञ्‍चारकर्मीसामु उनले यस्तो बताएका हुन्। कांग्रेस व्यक्तिवादी स्वतन्त्रतालाई मान्ने पार्टी भएको कारण पार्टीभित्र बढी स्वतन्त्रता हुँदा ‘व्यक्तिवादी प्रवृत्ति हाबी भयो उनले भने। पार्टीकै कार्यकर्ता पंक्तिबाट खबरदारी हुँदा विस्तारै आन्तरिक समस्या मत्थर हुँदै जाँदै छ। अब पार्टीभित्रको समस्या निरूपण गरी वर्तमान सरकारका गलत कार्यविरुद्ध सदन र सडकमा कार्यक्रम लिएर जाने पनि नेता महतले बताए। वर्तमान सरकारले जनविश्वासअनुसार काम गर्न नसक्दा यत्रो करको दर बढाएर पनि राजश्व संकलन घटेको, बेरोजगारी बढेको, उद्योगको आन्तरिक उत्पादन घटेको उनको जिकिर छ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६ शुक्रबार ००:००  १ : ५४ बजे