९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

१७५ ले लिए अंगीकृत नागरिकता



दाङ ।
नयाँ संविधान जारीपछि दाङबाट १७५ ले अंगीकृत नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार, आर्थिक वर्ष ०७२–७३ मा २६, ०७३/७४ मा २१, ०७४/७५ मा ३३, ०७५र७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।

अंगीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको उनले जानकारी दिए ।

संविधानमा वंशज, अंगीकृत र आवासीय गरी तीन प्रकारले नागरिकता पाउन सकिने व्यवस्था छ । यसैगरी अङ्गीकृत नागरिकता वैवाहिक र जन्मको आधारमा दिइने प्रावधान रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६ शुक्रबार ००:००  १० : २६ बजे