मायादेवी अनलाइन, तौलिहवा ।
जिल्लामा पार्टीका गतिविधि न्यून मात्रामा गर्दै आएको नेपाली कांग्रेस कपिलवस्तु अब भने तातिने भएको छ । कांग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएर पार्टी काम व्यवस्थित बनाउन लागेको हो ।
नेपाली कांग्रेसका वुथ सभापति तथा अगुवा कार्यकर्ताहरुबीच आयोजना गर्न थालिएको प्रशिक्षण कार्यक्रमले पार्टीको विचारलाई थप प्रवाह गर्न सकिने अपेक्षा लिइएको छ ।
पार्टीको प्रशिक्षण विभाग अन्र्तगत जिल्ला समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको विभागका जिल्ला संयोजक विश्वराज पाण्डेले बताउनुभयो । तौलिहवामा हालै बसेको वैठकबाट आगामी १७ गते शनिवार वाणगंगा नगरपालिकामा प्रशिक्षण कार्यक्रम संचालन गर्ने मिति तय गरिएको संयोजक पाण्डेले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा नगरपालिका क्षेत्रका सवै वडाका बुथ सभापति, सचिव र एक महिलालाई वाणगंगा नगरपालिकामा प्रशिक्षण दिने तयारी गरिएको र यसको संयोजनका लागि विभागकी सदस्य तनु श्री भण्डारीलाई जिम्मेवारी तोकिएको छ । वैठकले स्रोत व्यवस्थापनका लागि विभागका सदस्य गोपाल भण्डारीलाई संयोजक तोकेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रमलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिले अनुगमन गर्नेछ । यसरी सुरु गर्न लागिएको प्रशिक्षण कार्यक्रमको लागि जिल्ला कार्यसमितिबाट आवश्यक सहयोग जुटाउने जिल्ला सभापति सुरेन्द्र राज आचार्यले बताउनुभयो ।
९ फाल्गुन २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया