मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका ११ रहेरा स्थित सितला बक्स माबिमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । पूर्वमन्त्री दीप कुमार उपाध्ययाले झन्डोत्तोलन गरी मन्दिरको उद्घाटन गरे । नगरपालिकाको ढेड लाख र स्थानीयको एक लाख गरी कुल ढाई लाखमा मन्दिर निर्माण गरिएको वडा अध्यक्ष रामगोपाल यादवले बताए ।
सो अवसरमा पूर्वमन्त्री दीप कुमार उपाध्यायले शिक्षाको गुणस्तर बढाउन लगानी बढाउनुपर्नेमा जोड दिए । अभिभावकहरुले पनि आफ्ना नानी बाबुवको पढाई र बिद्यालय सुधारमा ध्यान दिनु पर्ने उनले बताए ।
सो अवसरमा नगरपालिकाकी उप मेयर लक्ष्मी साउ गुप्ताले नगर क्षेत्रको शैक्षिक अवस्था सुधार ल्याउन नगर स्तरीय शिक्षा ऐन ल्याएको बताईन । उनले सरकारी बिद्यालयको अवस्था सुधारका लागि सबैले चासो दिनु पर्ने बताईन ।
यस्तै सो अवसरमा नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेले नगर क्षेत्रको शिक्षाको विकासका लागि नगरपालिकाले बिशेष कदम चाल्ने बताए । बिद्यालयका अध्यक्ष शिव प्रताप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
८ फाल्गुन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया