९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सरकारको नियमित पत्रकार सम्मेलन स्थगित



काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि सरकारको नियमित पत्रकार सम्मेलन स्थगित भएको छ । मन्त्रिपरिषदको निर्णय सुनाउन हरेक मन्त्री बास्कोटाले हरेक बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आएका थिए ।

सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले पत्रकार सम्मेलन स्थगित भएको जानकारी दिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका मन्त्री बास्कोटाले बिहीबार दिउँसो राजीनामा दिएका हुन् । बिहीबार कञ्चनपुर पुगेका मन्त्री बास्कोटाले काठमाडौं फर्किने क्रममा धनगढी विमानस्थलमा उक्त अडियो प्रकरणबारे काठमाडौं पुगेपछि पत्रकार सम्मेलनमा बोल्ने भन्दै त्यहाँका पत्रकारलाई जवाफ दिएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६ बिहिबार ००:००  ५ : ४१ बजे