९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतमा बस दुर्घटना हुदा ६ नेपालीको मृत्यु



काठमाण्डौ ।
भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गएको छ । नेपाली तीर्थयात्री चढेको मिनीबस यू-टर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको थियो । दुर्घटनामा १८ जना घाइते भएका भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ ।

ज्यान गुमाउनेमा ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरीको नाम खुलेको छ ।घाइते भएका १८ जनाको स्थानीय अस्पताल मोहन कुमार मंगलम मेडिकल कलेजमा उपचार भैरहेको छ ।
सुनसरी जिल्लाबाट गएको माघ २३ गते ३४ जनाको नेपाली टोली भारततर्फ गएको थियो । उनीहरु ३५ दिने यात्राको लागि भारत गएको सुनसरीका अमरनाथ चौधरीले बताउनु भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६ बिहिबार ००:००  ३ : ५९ बजे