१६ कार्तिक २०८१, शुक्रबार | Sat Nov 2 2024

कस्तो रहला आज दिनभरको मौसम ?



काठमाडौं ।
देशका केही क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालको पश्चिमी तथा मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् ।

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रही पश्चिमका केही भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६ बिहिबार ००:००  ९ : ०५ बजे