९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस एमसीसी सम्झौताको पक्षमाः कांग्रेस नेता सिंह



नेपालगञ्ज ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमसीसी सम्झौताका लागि कांग्रेसले ग्रीन सिग्नल दिएको बताएका छन् ।
नेपालगञ्जमा बुधबार वीपी स्मृति पुस्तकालयको उद्घाटन गर्दै नेता सिंहले नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा रहेको बताए ।
उनले नेपाल र अमेरिकाका बीचमा हुन थालेको एमसीसी सम्झौतालाई भारतले पनि अनुमति दिइसकेको जानकारी दिए । सम्झौताले अन्तरदेशीय विद्युतीय प्रशारण लाइन, तीन सय किलोमिटर बढी बाटो अपग्रेड गर्ने सिंहको भनाइ थियो ।
नेता सिंहले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई पावर पोलिटिक्सभन्दा आदर्श र सिद्धान्तको राजनीति गर्न आग्रह गरे । उनले कांग्रेसलाई विधि, नियम सम्मत, जनताको अधिकारलाई बुझेर अघि बढ्ने पार्टीको रुपमा रुपान्तरण गर्नुपर्ने बताए ।
यस्तै नेता गगन थापाले सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै सेनादेखि न्यायालयसम्म सरकारसँग डराइरहेको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६ बिहिबार ००:००  ६ : ४३ बजे