९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रजातन्त्र दिवसमा तरुण दल र नेविसंघ दुर्व्यसनीकर्ताको दैलोमा



मायादेवी अनलाइन, चारनम्बर ।
७० औँ प्रजातन्त्र दिवसको अवसरमा तरुण दल कपिलवस्तुले दुव्र्यसनीकर्तासंग छलफल गरेको छ । लागु पदार्थ दुव्र्यसनीहरुलाई नयाँ जीवन दिन तरुण दलको आयोजना उक्त छलफल गरिएको तरुणदल क्षेत्र नम्बर १ कपिलवस्तुले जनाएको छ । कार्यक्रममा राजेश आस्थाको तर्फबाट बोल्दै नविन रानाले लागु औषध दुव्र्यसनीकर्तालाई हेर्ने दृष्टिकोण गलत रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा महिला नेतृ इन्दिरा तिमिल्सिना, अर्घाखाँची कपिलवस्तु सम्पर्क समिति सभापति तुलसीराम घिमिरे लगाएतले बोल्नु भयो । कार्यक्रममा खादान्न सामग्री वितरण र दुव्र्यसनीकर्ताको समस्या बुझ्ने र उनीहरुलाई सचेत गराइएको थियो
कार्यक्रममा ३० जना दुव्र्यसनीकर्ताबीच छलफल गरिएको थियो । कार्यक्रम क्षेत्रीय सचिव प्रेम नारायण पौडेलको प्रमुख आतिथ्य र तरुण दल कपिलवस्तु सभापति शक्ति सिँह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६ बुधबार ००:००  ८ : ३२ बजे