९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्णः प्रदेश प्रमुख यादव



रुपन्देही ।
प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण हुने बताएका छन् ।
५९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश नं. ५ ले आज बुटवलमा आयोजना गरेको ‘संघीयता कार्यन्वयनमा राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख यादवले संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन गर्दै सबैलाई संघीय ढाँचातर्फ अभ्यस्त बनाउने कार्यमा समेत मिडियाको महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त बताए ।
प्रदेश प्रमुख यादवले भने– ‘राष्ट्रिय एकता र भाईचारा तथा भातृत्व अभिवृद्धिकोलागी सञ्चारले भूमिका खेल्नु पर्दछ । सूचना र सन्चार प्रवाहमा समयानुकुल परिवर्तनको जरुरी छ । प्रदेश प्रमुख यादवले नेपाली जनतालाई विश्वसनीय सन्तुलित र तथ्यपूर्ण समाचार तथा सूचना उपलब्ध गराउने कार्यको महत्व र आवश्यकतालाई आत्मसात गरी त्यसको माध्यमबाट राष्ट्रिय एकता¸ सदभाव र भातृत्वको अभिवृद्धि आवश्यक रहेको बताए ।
कार्यक्रममा राससका पूर्वअध्यक्ष बालकृष्ण चापागाईले समाचारको सत्यता र तथ्यता आजको आवश्यकता भएको बताए । उनले संघीयता कायन्वयनमा राससको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै हरेक स्थानिय तहमा राससका प्रतिनिधी जरुरी रहेको बताए । उनले राससले प्रदेश स्तरमा बुलेटिन प्रकाशन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सैनामैना नगरका उपप्रमुख बिना राना मगरले स्थानिय सरकार र मिडीयाबीचको सहकार्य अझै प्रभावकारी हुनुपर्ने बताइन् । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मिडिया जनताको पक्षमा हुनुपर्ने बताए ।
मानव अधिकार आयोग प्रदेश ५ का उपनिर्देशक पवन कुमार भट्टले मानवीय जीवनशैली र मानवअधिकारको विषयमा मिपडयाको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।
कार्यक्रममा रासस प्रदेश कार्यलय बुटवलका प्रमुख भरत के.सी.ले राज्यको पक्षधारितामा रहेर राससले समाचार उत्पादन तथा रिर्पो्टिंग गरिरहेको बताए ।
समारोहमा रासस प्रदेश ५ बाट स्थानिय संवाददाताको रुपमा उत्कृष्ट चयन भएका रासस पश्चिम नवलपरासीका संवाददाता मोहन पौडेललाई प्रदेश प्रमुख यादवले नगद तथा सम्मानपत्रले सम्मान गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६ बुधबार ००:००  ७ : ४६ बजे