९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आयोनद्धारा सुशासनका लागि युवा तालिम प्रदान



मायादेवी अनलाइन, चारनम्बर ।
‘सुशासनका लागि युवा’ भन्ने अभियानका साथ कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका जितपुर स्थित होटल अन्नपुर्णमा संचालनमा रहेको छ ।
युएसएआईडी र आई एफईएसको सहयोग तथा नेपाल युवा संस्था संजाल (आयोन)को आयोजनामा मंगलबारबाट सुरु भएको तालिममा कपिलवस्तु जिल्ला भित्रका २५ युवाहरुको सहभागिता रहेको छ ।
आगामी निर्वाचनका लागि ३५ लाख युवाहरुलाई मतदानमा सहभागी बनाई कुशल नेतृत्व छनौट गर्ने अभियान स्वरुप आयोनले आगामी २ वर्षका लागि यो कार्यक्रम संचालन गरेको हो ।
बिहिबार सम्पन्न हुने तालिममा कार्यक्रम आई एफ ई एस का कार्यक्रम संयोजक सविन बुढाथोकी आयोनका उपाध्यक्ष थानेश्वर अधिकारी कार्यसमिति सदस्य ज्योति फुयाँल, विकल राई र चन्दन शाह र सहजीकरण गर्नुभएको छ ।
वि.सं. २०७९ सालमा हुने निर्वाचनमा युवा सहभागिता अनिवार्य हुनुपर्ने र यसका लागि असल नेतृत्व छनौट गर्नका लागि सहभागी युवाहरुलाई आगामी २ वर्ष सम्म समुदायका युवाहरुलाई निर्वाचनमा सफल सहभागिता गराउँदै आफ्नो पनि नेतृत्व विकास गर्न सक्ने बनाउनुपर्ने उपाध्यक्ष अधिकारीले बताउनुभयो ।
यो तालिम लिए पश्चात् सहभागीहरुले कपिलवस्तु जिल्लाका क्याम्पस तथा वडाहरुमा गई सचेतनामुलक कार्यक्रम संचालन गर्नेछन् ।
यो कार्यक्रम कपिलवस्तु जिल्ला लगायत सुर्खेत, धनगडी, काठमाडौं, बाँके र गोरखामा संचालन हुदैछ । तीन दिन सम्म सन्चालन हुने तालिममा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका र बुद्धभूमि नगरपालिका भित्रका युवाहरुको सक्रिय सहभागिता रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६ बुधबार ००:००  ७ : ३१ बजे