९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

छोरीहरुले बोके शव, पत्नीले दिइन् दागबत्ती !



धनुषा ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर २ का रामनारायण यादवको निधन भएपछि उनका छोरीहरुले शव बोकेर घाटसम्म पुर्‍याए । मंगलबार निधन भएका यादव नेपाली कांग्रेसका स्थानीय कार्यकर्तासमेत थिए ।
पाँच छोरीका पिता रामनारयणको निधनपछि दाहसंस्कार र क्रियाकर्म कसले गर्ने भन्ने विषयमा गाउँमा छलफल भयो । रामनारायणका छोरा थिएन् । केही व्यक्तिले नातागोताका छोराबाट दाहसंस्कार गराउनुपर्नेमा जोड दिए । तर छोरीहरुले मानेनन् । उनीहरुले आफैं हरेक कर्ममा सहभागी हुने बताए । र, पाँच छोरीले आफैं काँधमा बोकेर बुबाको शव उठाए । घाटमा आमा अर्थात मृतककी श्रीमती ६२ वर्षिया राधिकादेवीले दागबत्ती दिइन् ।
सामान्यतयः छोराले आमा वा बाबुको निधनपछिको कर्म गर्ने चलन रहँदै आए पनि पछिल्लो समय छोरीहरुले पनि शव बोक्ने तथा काजक्रिया गर्न थालेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६ बुधबार ००:००  ७ : ०८ बजे