९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणिज्य संघका अध्यक्षका उम्मदेवारको गाडीमा आगजनी, दोषीलाई कारबाहीको माग



दाङ ।
बिजौरी उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवारको गाडीमा आगजनी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित वामपन्थी प्यानलको तर्फबाट अध्यक्षको उम्मेदवार प्रेमनाथ योगीको गाडीमा आगजनी गरिएको हो । तुलसीपुर उपमहानगरपालिका १९ हाडिमेस्थित अध्यक्षका उम्मेदवारकै घर अगाडी पार्किङ गरेर राखिएको गाडीमा अज्ञात समूहले मंगलबार राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।
बा १९ च १७६४ नम्बरको स्कारपियो गाडीमा राति १२ बजेतिर आगजनी गरेका हुन्। आगजनी कसले र्गयो भन्ने बिषयमा पहिचान हुन सकेको छैन । आगजनीबाट गाडीको पछाडिको टायरमा क्षति भएको छ । डिजेलको प्रयोग गरेर आगजनी गरेको पाइएको छ। अज्ञात समूहले आगो लगाउँदै गर्दा जलिरहेको टायर पड्किएपछि योगीले थाहा पाएका थिए ।
नेकपा तुलसीपुर नगरकमिटीले प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटना पराजित मानसिकता भएकाले गरेको भन्दै निन्दा गरेको छ । नगर अध्यक्ष खुशीराम चौधरी र सचिव माधव वलीले जारी गरेको विज्ञप्तीमा यस घटनामा दोषीलाई कारबाही माग गरिएको छ । उद्योग वाणिज्य संघको निर्वाचन भोली बिहीबार हुन लागेको छ । निर्वाचमा नेपाली कांग्रेसनिटक प्रजातान्त्रिक प्यानल र स्वतन्त्र उम्मेरदवार चुनावी मैदानमा छन्। त्यहाँ कूल ४६४ मतदाता छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०७६ बुधबार ००:००  ६ : ३० बजे