९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शिवरात्रिका लागि पशुपतिमा पाँच हजार स्वयमसेवक खटाइने



काठमाडौं ।
शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा गरेको छ । बुधवार पत्रकार सम्मेलन गर्दै कोषले शिवरात्रिका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण चाँड मध्येको एक शिवरात्रि पर्व फागुन ९ गते परेको छ ।
नेपाल स्काउट समेतका गरी करिव ५ हजार जना स्यंसेवकहरु ‘कोर’ क्षेत्रभन्दा बाहिर परिचालन गर्ने र सादा पोशाकमा समेत प्रहरीहरु परिचालन गरी मेला क्षेत्रमा विशेष अनुगम गरिने कोषका सदस्य सचिव प्रदिप ढकालले बताए ।
कोषले पशुपति क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारको नशालु पदार्थ तथा गाँजा–भाङ, जाँड–रक्सी लगायतको विक्रिवितरण, ओसारपसार भण्डारण एवं प्रयोग गरे कारवाही गर्ने कोषले जनाएको छ ।
शिवरात्रिका दिन भगवान शिवको पूजा आराधनाका लागि लाइनमा बसेका बिरामीहरुलाई लक्षित गरेर स्वास्थ्य शिविर पनि सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६ बुधबार ००:००  ६ : २० बजे