९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लिलामणी पोख्रेल भन्छन्, ‘एमसीसी लागु गर्नै हुन्न, के को संशोधनको कुरा’ ?



मायादेवी अनलाइन, चारनम्बर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य लिलामणी पोख्रेलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा लागु गर्न नहुने बताउनुभएको छ । संसदबाट दुई तिहाई बहुमतले अनुमोदन गरिसकेपछि पूर्ण रुपमा कार्यान्वयनमा आउने भनिएको यो परियोजना गम्भिर डिजाइनमा ल्याइएको भन्दै यसलाई कुनैपनि हालतमा लागु गर्न नहुने तर्क गर्नुभयो ।


‘झट्ट हेर्दा एमसीसीले नेपालमा विकास गर्ने जस्तो त देखिन्छ । विकासउन्मुख हाम्रो जस्तो देशमा कसैले सहयोग दिन्छ भने स्विकार गर्नु स्वभाविक पनि हो । तर, जसरी नेपालमा एमसीसी परियोजना लागु गर्न खोजिएको छ, यसले राष्ट्रको स्वाधिनतालाई गम्भिर अपमान गरेको छ, एमसीसीबारे प्राप्त डकुमेन्ट पढ्दै उहाँले भन्नुभयो, “यो परियोजना लागु होइन्, खारेज गर्नु पर्छ ।”


प्यूठानबाट काठमाडौं फर्कनेक्रममा कपिलवस्तुको चारनम्बरमा बुधबार बामपन्थी नेताहरुसंगको भेटघाटमा बोल्दै नेता पोख्रेलले एमसीसी भित्रका अन्तरबस्तुले नेपाल राष्ट्रकै अपमान गरेको प्रष्टाउनुभयो । एमसीसीबारे विवाद बढ्दै जादा सरकारले संकल्प प्रस्ताव जारी गरेर भएपनि संसदबाट पास गर्ने बताउँदै आएको छ । तर, नेता पोख्रेलले एमसीसी कसरी, हुन कारणले ल्याइएको हो, त्यसको मर्म बुझ्नुपर्नेमा जोड दिनुभयो ।


देख्दा विद्युत र सडकमा लगानी गर्ने भनिएपनि सारमा त्यो देखाउनका लागि अगाडी सारिएको औल्याउनुभयो । ‘नेपालको कानुनसंग बाझिए त्यो मान्य नहुने, लेखा परिक्षण नेपालले गर्न नपाउने, दुई तिहाई बहुमतले संसदबाट पारित गर्नुपर्ने जस्ता राष्ट्रकै अपमान हुने प्रावधान एमसीसीमा किन राखियो ? उहाँले भन्नुभयो, “यो करार सम्झौतामा आधारित परियोजना हो । कुनै सन्धि होइन्, संसदबाट दुई तिहाईले अनुमोदन गर्नुपर्ने कुनै कारण छैन् ।”


‘एमसीसी परियोजना अमेरिकाले दिने र नेपालले लिने बाहेक केही पनि होइन्, यो ‘दानदापव्य’ हो । एमसीसीसंग भएको पैसा नेपालले लिने र अमेरिकाले दिने प्रकारको यो सम्झौता करार मात्रै हो । करार सम्झौतामा सर्त हुँदैनन्, त्यो देशको आन्तरिक कानुनको मातहतमा हुन्छ । तर, यो सम्झौता आन्तरिक कानुनको मातहत नभएर अन्तराष्ट्रिय कानुनको मातहत गरियो । यो नै सबैभन्दा ठूलो गल्ति छ । सम्झौताकारले जे गरे, त्यो नै गम्भिर गल्ति गरे, उहाँले भन्नुभयो ।’


विगत देखि नै एमसीसीबारे विरोध गर्दै आउनुभएका नेता पोख्रेलले केही बुँदा संशोधन गरेर भएपनि एमसीसी पारित गर्नुपर्ने धारणा आउन थालेको प्रति आपत्ति जनाउनुभएको छ । एमसीसी इण्डो प्यासेफिकको एक अंग भएको प्रमाणले प्रष्ट बोल्ने भन्दै एमसीसी संशोधन गर्नुपर्ने कारण आफुले नदेख्ने बताउनुभयो । एमसीसीसंग इण्डो प्यासेफिक रणनिती जोडिएको भन्दै यो परियोजना लागु भए देशले गम्भिर मूल्य चुकाउनुपर्ने बताउनुभयो । नेता पोख्रलले यो कुरा प्रमाण देखाउँदै प्रष्ट पार्नुभएको थियो ।


नेकपाका नेताहरु बीच एमसीसीबारे विवाद भैरहेको बेला अरुको विरासत बोक्ने काम पार्टीले गर्न नुहने धारणा राख्नुभयो । ‘एमसीसीको सम्झौता कांग्रेसको पालामा भएको हो, नेकपाले किन कांग्रेसको विरासत बोक्ने ?’ नेपालसंगै एमसीसीमा सम्झौता गर्ने श्रीलङ्का यो सम्झौता नमान्ने पक्षमा पुगेको छ । हामी किन पक्षपाति हुने ? उहाँले तमाम प्रश्न गर्दै भन्नुभयो, “राष्ट्रलाई हानी हुने यो सम्झौता खारेज गरौं ।”


नेकपाले एमसीसीमाथि अध्ययन गर्न तीन सदस्यिय कार्यदल बनाएको भन्दै यसले सही कुरा बाहिर ल्याउनेमा विश्वास व्यक्त गर्नुभयो । एमसीसीसंगै जोडिएका विभिन्न दस्तावेजको कार्यदलले अध्ययन गरिरहेको भन्दै यसबारे छिट्टै नै सबै कुरा बाहिर आउने भन्दै सबैलाई धैर्य रहन आग्रह गर्नुभयो । नेता पोख्रेलले एमसीसीबारे बोलेका भनाई रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जबाट दैनिक रुपमा प्रस्तुत हुने समय संवाद कार्यक्रममा विहीबार (भोलि) विहान ६.३५ बजे प्रशारण गर्ने छौं ।

भेटघाट कार्यक्रममा बामपन्थी नेता मेघनाथ ज्ञवाली, नेकपाका नेता कमल चुँदाली, इन्द्रमणी पौडेल, विष्णु बेल्वासे, नेकपाका युवा नेता कमल भट्टराई लगायतको एमसीसीसंग जोडिएको विभिन्न प्रश्न सोध्नुभएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६ बुधबार ००:००  ४ : ४६ बजे