९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पश्चिमी वायु फेरि सक्रिए, अधिकांश क्षेत्रमा पानी पर्ने



काठमाडौं ।
पश्चिमी वायुको असरका कारण आज देशका अधिकाशं स्थानको मौसम बदली भई केहि स्थानमा वर्षा र हिमपात हुने संभावना छ । दिउँसोपख देशभरका पहाडी स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य, पुर्व र पश्चिम पहाडका थोरै स्थानमा पानी पर्ने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले बताइन्। विषेश गरी पश्चिमका पहाडी क्षेत्रमा पश्चिमी वायुको असर धेरै पर्ने भएकाले मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिम पहाडी भेगमा धेरै पानी पर्ने महाशाखाले जनाएको छ।

दिउँसोपख काठमाडौं उपत्यकामा पनि हल्का पानी पर्ने न्युन संभावना रहेको नगरकोटीले बताइन् । पश्चिमी वायुको असरका कारण तराइका अधिकाशं स्थानको मौसम बदली हुनेछ तर पानी भने पर्नेछैन । मौसमवीद् नगरकोटीकाअनुसार राति अधिकाशं हिमाली भेगमा वर्षा र हिमपातको संभावना रहेको छ ।

काठमाडौं उपत्यकाको आजको न्युनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६ बुधबार ००:००  ८ : २६ बजे