एजेन्सी ।
फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी)को च्याम्पियन्स लिग सपनामा यो सिजन पनि संकटको घेरा देखिएको छ ।
नकआउट चरणको पहिलो खेल अर्थात अन्तिम १६ को पहिलो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा पिएसजी जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग २–१ ले पराजित भएको छ ।
अवे मैदानमा भएको खेलमा नेइमारले पिएसजीका लागि एक गोल फर्काए पनि हारबाट जोगाउन भने सकेनन् । पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलमा बोरुसियाका लागि दुवै गोल आर्लिङ ब्राउट होल्याण्डले गरेका हुन् । उनले ६९ र ७७ औँ मिनेटमा गोल गर्दै जर्मन क्लब बोरुसियालाई जित दिलाएका हुन् ।
१९ वर्षका नर्वेजियन होल्याण्डले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले यो सिजन मात्रै २९ खेलमा ३९ गोल गरिसकेका छन् । गएको जनवरीमा बोरुसिया आएका उनले सात खेलमा ११ गोल गरिसकेका छन् ।
प्रतिक्रिया