रुपन्देही ।
रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–४ वनकसीयास्थित भैरहवा–लुम्बिनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गएको छ ।
मंगलबार बिहान करिब १०ः१५ बजे लुम्बिनीतर्फ जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटर साइकललाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ३३१४ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक रमेश लोधको घटनास्थलमै ज्यान गएको हो ।
६० वर्षीय लोध रुपन्देहीको मायादेवी गाउँपालिका–२ भिलरहवाका स्थानीय बासिन्दा हुन् । इलाका प्रहरी कार्यालय लुम्बिनी तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइएको छ । तर, टिप्पर चालक भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पोष्टमार्टमका लागि मृतक लोधको शब भिम अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
६ फाल्गुन २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया