९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपालगन्जमा प्रेस युनियनको सचिवालय स्थापना



काठमाडौं ।
नेपाल प्रेस युनियनले नवौं राष्ट्रिय महाधिवेशनका लागि बाँकेको नेपालगन्जमा सचिवालय स्थापना गरेको छ ।

आगामी चैत २१ र २२ गते नेपालगन्जमा हुने महाधिवेशनका लागि युनियनले मंगलबार सचिवालय स्थापना गरेको हो । अध्यक्ष बद्री सिग्देलले औपचारिक कार्यक्रमबीच सचिवालयको उदघाटन गरेका छन् । उनले महाधिवेशनमा देशभरिबाट युनियनसम्बद्ध झन्डै दुई हजार पत्रकार नेपालगन्जमा भेला हुने जानकारी दिए ।

अध्यक्ष सिग्देलले अधिवेशन सम्पन्न गर्न उप–महासचिव प्रेम केसीको संयोजकत्वमा महाधिवेशन परिचालन (स्टेरिङ) समिति र विभिन्न उपसमिति गठन गरिएको जानकारी दिए ।

उनका अनुसार महाधिवेशन परिचालन (स्टेरिङ) समिति संयोजकमा केसी, सदस्यहरूमा हेमन्त कर्माचार्य, विजय बर्मा, दीपा आले, जयसिंह केसी, हरिश भट्ट, अर्जुन वली, जयनारायण शाह, शुक्रऋषि चौलागाईं, नरेन्द्र थापा, दामोदर भण्डारी, राकेश मिश्रा, नवीन गिरी, चेतकान्त भट्टराई छन् ।

समितिको सदस्य–सचिवमा श्रीराम सिग्देललाई चयन गरिएको छ । यस्तै स्टेरिङ समितिका सदस्य संयोजक रहने गरी विभिन्न उपसमितिहरू पनि गठन गरिएका छन् ।

नेपालगन्जमा प्रेस युनियनको सचिवालय स्थापना

प्रकाशित मिति : ६ फाल्गुन २०७६ मंगलबार ००:००  ५ : ३२ बजे