१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

महराको सफाइबारे सभामुखले गराए संसदमा जानकारी



काठमाडौं ।
सभामुख अग्नि सापकोटाले संसद बैठकमा पूर्व सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतबाट सफाइ पाएको जानकारी गराएका छन् ।

मंगलवारको संसद बैठकमा सभामुख सापकोटाले जबरजस्ती करणी उद्योग मुद्दामा थुनामा रहेका महराले सोमवार अदालतबाट सफाइ पाएसँगै थुनामुक्त भएका जानकारी गराएका छन् ।

‘अभियोग माग दाबीबाट सफाइ पाउने ठहर गरी थुनामुक्त हुनुभएको छ,’ सभामुख सापकोटाले भने । जिल्ला अदालत काठमाडौंले महरालाई सोमवार अभियोगमा निर्दोष ठहर गरेको थियो ।

सभामुखले अदालतबाट सफाइ पाएको जानकारी संसद बैठकमा गराएपछि अब महरा सांसदको हैसियतमा संसद बैठकमा सहभागी हुन पाउने भएका छन् । थुनामा हुँदा रोकिएको महराको सेवासुविधा समेत सांसदको हैसियतमा पाउने भएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६ मंगलबार ००:००  २ : २६ बजे