९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अमेरिकी मिडियामा छाए महरा



काठमाडौं ।
पूर्व सभामुख कृष्णबहादुर महराको बारेमा अमेरिकाका दुई प्रसिद्ध सञ्चार माध्यम ुद न्यू योर्क टाइम्सु र ुलस एन्जल्स टाइम्सुले प्राथमिकताका साथ समाचार छापेका छन् ।

दुवै सञ्चारमाध्यमले महराले बलात्कार आरोपबाट सफाइ पाएको उल्लेख गर्दै महराको छोटो जीवनीका बारेमा पनि जानकारी दिएका छन् ।

न्यू योर्क टाइम्सको अनलाइन संस्करणमा भनिएको छ, ‘अदालतले अभियोग दाबी पुग्ने कुनै आधार नभएको भन्दै सफाइ दिएको छ । ‘

त्यस्तै लस एन्जल्स टाइम्सले नेपालका पूर्व सभामुखले बलात्कार अभियोगबाट सफाइ पाए भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको छ ।

गत असोजमा महरा पक्राउ पर्दा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रमुखताका साथ समाचार प्रकाशन गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६ मंगलबार ००:००  २ : २४ बजे