एजेन्सी ।
अन्यायमा परेको महसुस गरेको चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेडले आउँदो सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान पक्का गर्ने यात्रा जीवित राखेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २–० ले पराजित गरेको हो । यो खेलमा भिडियो एसिस्टेन्ट रेफ्री ९भिएआर० को प्रयोग भयो र ती सबै चेल्सीको विपक्षमा थिए ।
भिएआरका कारण आफू अन्यायमा परेको महसुस गरेको चेल्सी हारका बाबजुद पनि चौथो स्थानमा छ, तर सो स्थान जोगाइरहन भने मुस्किल छ ।
अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडका लागि ४५ औँ मिनेटमा एन्थोनी मार्सलले पहिलो गोल गरेका हुन् । ६६ औँ मिनेटमा ह्यारी मागुइरीले गोल गरे ।
पहिलो हाफमा उनले चेल्सीका खेलाडी मिसी बात्सुयीको जाँघमा प्रहार गरेका थिए, तर भिएआर मार्फत हेर्दा उनले रेड कार्ड पाएनन् ।
जितपछि २६ खेलबाट ३८ अंक जोडेको म्यानचेस्टर युनाइटेड सातौँ स्थानमा पुगेको छ । पराजित भएको चेल्सी ४१ अंकसहित चौथो स्थानमा छ ।
प्रतिक्रिया