९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसममा अचानक बदली, हुस्सुले बायुमण्डल ढाक्यो, सर्वसाधारण अचम्मित !



मायादेवी अनलाइन, कपिलवस्तु ।
मौसममा अचानक बदली आएको छ । कपिलवस्तु लगायतका तराईका जिल्लामा आज अचानक मौसममा बदली आएको जल तथा मौसम पूवानुमान महाशाखाले जानकारी दिएको छ । दिनप्रतिदिन तापक्रम बढिरहेको अवस्थामा आज अचानक मौसममा बदली आएपछि चिसो महसुस गरिएको छ । पुस र माघ महिनामा जस्तो बाक्लो हुस्सु लागेर बायुमण्डल ढाकेपछि सर्वसाधारण पनि अचम्ममा परेका छन् । जितपुरका एक सर्वसाधारणले फागुन महिनामा पहिलोपटक यति बाक्लो हुस्सु लागेको देखेको बताउनु भयो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अब चिसो हटेर गर्मी बढ्ने अन्तिम अवस्थामा यस्तो भएको बताएको छ । मौसमविद् वरुण पौडेलका अनुसार बदली भए पनि यसरी बाक्लो हुस्सु लाग्ने अनुमान भने नगरिएको बताउनु भयो । यस्तो खालको हुस्सु तराइका अरु जिल्लामा पनि देखिएको बताइएको छ ।

यसअघि महाशाखाले मौसम सफा हुने जनाएको थियो । नेपालको माथील्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भूभाग नजिक न्यून चापिय क्षेत्रको रहेको मौसमविदले बताएका छन् ।

हाल देशका अधिकांश पहाडी स्थानहरूमा पनि आंशिक बदली र केही क्षेत्रमा तुवालो लागेको छ। पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी क्षेत्रका आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी र मध्य पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६ मंगलबार ००:००  ८ : ११ बजे