९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

फाल्गुण ७ गते वाणगंगाको छैठौ नगर सभा, तयारी तीव्र



मायादेवी अनलाइन, जितपुर ।
यहि फागुन ७ गते हुने वाणगंगाको छैठौ नगर सभाको तयारी तिव्र पारिएको छ । नगरपालिकाको आफ्नै हलमा हुने उक्त नगरसभामा पेश गर्ने ऐन, नियमावली र कार्यविधि पनि स्विकृत गरिएको प्रवक्ता विष्णु पौडेलले मायादेवीलाई बताउनुभयो । वाणगंगा नगर कार्यपालिकाको सोमबार बसेको बैठकले ऐन, नियमावली र कार्यविधि स्विकृत गरेको हो ।
यस्तै बैठकमा छैठौ नगरसभाको तयारी बारे बृहत छलफल भएको छ । बैठकमा चालु आर्थिक वर्ष ०७६÷०७७ को वार्षिक समिक्षा पनि गरिएको छ । बैठकले कार्यपालिकाको निणर्य अनुमोदन गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यसैगरी वैदेशिक रोजगार सम्बन्धी जानकारी दिने सामी परियोजनाको लागि विभिन्न वडाहरु लाई छनोट गरिएको छ ।
परियोजनाका लागि वडा नम्बर १, २, ३ र ४ छनोट गरिएको हो । मेयर मंगलप्रसाद थारुको अध्यक्षतामा भएको बैठकको संचालन प्रमुख प्रसासकीय अधिकृत चुरामणी पन्थीले गर्नुभएको हो । बैठकमा उपमेयर, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  ७ : ३६ बजे