९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

१ सय ३ दिन कारागार बसेर महरा रिहा, भने ‘घर जस्तै जेल’



काठमाडौं ।
जबरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा डिल्ली बजार कारागारबाट रिहा भएका छन्। डिल्ली बजार कारागारबाट रिहा हुनुअघि उनलाई पूर्व आइजीपी रमेशचन्द ठकुरी र सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाले खादा र माला लगाएर बिदाइ गरेका छन्। उनलाई प्रहरीले कडा सुरक्षाबीच जेलबाट निकालेर निवासतर्फ लगेको हो। उनी ढाका टोपी र कोटमा सजिएर जेलबाट निस्किएका हुन्।

महराले कारागारबाट छुट्नुअघि छोटो सम्बोधन पनि गरेका छन्। उनले सम्बोधनका क्रममा आफुले यहाँ रहुन्जेल पारिवारिक वातावरण पाएको बताएका थिए। म यहाँ कारागार १०३ दिन बसेँ। एकदमै राम्रो वातावरण पाएँ, उनले भने, ुकैदीहरुसँग पनि पारिवारिक सम्बन्ध भयो। बाहिर गएर पनि कैदीहरुलाई पनि सकेको सहयोग गर्छु। सबैलाई धन्यवाद ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  ४ : ३६ बजे