९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

‘प्रोक्सिवार’को एउटा काण्ड थियो महराकाण्ड, राजनीतिशाष्त्री गजुरेल



मायादेवी अनलाइन, कपिलवस्तु ।
पूर्व सभामुख कृष्ण बहादुर महराले सफाइ पाउनु भएको छ। यौन दुर्व्यवहार विरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले उहाँलाई सोमबार सफाइ दिएको हो। काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासले महरालाई सफाइ दिएको हो। पूर्वसभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिला रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएपछि अदालतले पूर्वक्षका लागि थुनामा राखेको थियो। उक्त मुद्धामा आज अन्तिम सुनुवाई भएपछि उहाँ आजै रिहा हुनुहुनेछ। पुर्पक्षका लागि थुनामा रहेका महराको रिहाइ प्रक्रिया पुरा गर्न डिल्लीबजार कारागार तर्फ लगिएको छ। रिहा भएसँगै उहाँलाई नेकपा कार्यकर्ताले कारागार बाहिर स्वागतको तयारी गरेका छन्। फौजदारी मुद्दा लागेर निलम्बनमा परेका महरा निर्दोष भएसँगै उहाँको सांसद पदको सेवासुविधा पनि फुकुवा भएको छ।
महराले सफाई पाए लगत्तै बिभिन्न टिप्पणीहरु सुरु भएका छन् । राजनीतिशाष्त्री दीपक गजुरेलले मुलुकमा अहिले भइरहेका गतिविधि हेर्दा लोकतन्त्र नभई अपराधीतन्त्र हावी भएको बताउनु भयो । अपराधीनत्त्रमा जतिखेर जे पनि हुन सक्छ । त्यसैको एउटा लहरो थियो महराकाण्ड । उनी दोषी थिए थिएनन् भन्दा पनि उनलाई हिजो फसाइयो । रत्न राज्य क्याम्पस काठमाण्डौँमा लामो समयसम्म राजनीति शाष्त्र अध्यापन गर्दै आउनु भएका उहाँले भन्नुभयो,”नेपालमा प्रोक्सिवार चलिरहन्छ । त्यसैभित्रको एउटा काण्ड थियो महराकाण्ड । उनी अस्ति कसको भीडन्तमा परे ? कसले फँसाए । उनी दोष िहुन् या के हुन् । यो बुझिनसक्नु छ ।”राजनीतिमाथि टिप्पणी गर्न पनि लाज लाग्ने अवस्थाबाट मुलुक ग्रज्रेको भन्दै गजुरेलले थप केही बोल्न चाहानु भएन ।
महराको सांसद पद के हुन्छ ? भन्ने सबालमा उहाँले महराको सांसद पद यथावत् रहने भन्दै अरु सांसदले पाउने सबै सेवा सुविधामहराले पाउने उहाँ को दाबी छ । महरा निर्दोष भएसँगै उहाँको सांसद पदको सेवासुविधा पनि फुकुवा भएको छ । करिब ८ महिनाअघिसम्म सभामुखको भूमिकामा प्रतिनिधिसभामा प्रवेश गर्नुहुने महरा अब सांसदका रूपमा संसद्मा पुनः प्रवेश गर्नुहुने छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  ३ : ४८ बजे