९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको १७ सय ७० पुग्यो, सोमबारमात्र १ सय ५ जनाको मृत्यु



काठमाडौं ।
चीनमा कोरोना भाइरस संक्रमणका कारण सोमबारसम्म १७ सय ७० जनाको मृत्यु भएको छ ।
सोमबारमात्र १ सय ५ जनाको मृत्यु भएको छ भने २ हजार ४८ जनामा संक्रमण देखिएको छ । चीनमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७० हजार ५ सय ४८ पुगेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।
कोरोना भाइरसको उद्गमस्थल मानिएको हुवेई प्रान्तमा सोमबार एक सय जनाको मृत्यु भएको छ भने १ हजार ९ सय ३३ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १ हजार ६ सय ९० जना हुवेई प्रान्तको राजधानी वुहानमा नै रहेका छन् ।
हुवेईको स्वास्थ्य आयोगका अनुसार हुवेईमा मात्र मृत्यु हुनेको संख्या १ हजार ६ सय ९६ जना र संक्रमितको संख्या ५८ हजार १ सय ८२२ जना रहेका छन् ।
चीनसमेत विश्वभर गरी कोरोना भाइरस संक्रमणका कारण सोमबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणविरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीका हुबेई प्रमुख यिङ योङले कडा कदम चालेका छन् । पार्टीको प्रान्तीय प्रमुख भएपछि उनले पहिलो कदमस्वरुप कर्मचारीको धेरै तत्कालै काम गर्न सक्ने संयन्त्र निर्माण गरेका छन् ।
उनले भनेका छन् रोग नियन्त्रणका लागि चिकित्सकीय सेवा र स्वास्थ्य शिक्षा तुरुन्तै पुर्‍याउनुपर्ने अवस्था छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  २ : ०९ बजे