१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

आरआर क्याम्पसमा नेकपा र कांग्रेसका विद्यार्थीबीच कुटपिट



काठमाडौं ।
रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा नपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका विद्यार्थी संगठनबीच झडप भएको छ । आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा सोमबार झडप भएको हो ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्ना विद्यार्थीहरु आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको आरोप लगाएका छ ।
प्रहरीले समेत नेकपाको अनेरास्ववियूलाई सघाएउँदै नेविसंघकै पुस्कर बास्तोला, संजीव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्कालाई नियन्त्रणमा लिएको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए ।
पक्राउ परेका विद्यार्थीलाई पुलिस क्लवमा राखिएको छ । उनीहरुलाई तत्काल रिमाई गर्न नेविसंघले माग गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  १२ : ५० बजे