९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मोहीविरुद्ध जग्गाधनीको मुद्दा



परासी ।
आफ्नो स्वामित्वमा रहेको जग्गा आफैलाई भोगचलन गर्न नदिएको भन्दै पश्चिम नवलपरासीमा मोहीविरुद्ध उजुरी पर्न थालेको छ । वर्षौदेखि जग्गा भोगचलन गर्दै आएका मोहीले जग्गाको उब्जनी र जग्गासमेत बाँडफाड गर्न नमानेको भन्दै जग्गाधनी (जमिनदार)ले उजुरी दिन थालेका हुन् ।
जग्गा भोगचलन गरेबापत मोहीले आधा हिस्सा जग्गाधनीलाई दिँदै आएका थिए । तर पछिल्लो पटक भने पाएको आधा पनि मोहीले दिन छाडेपछि जग्गाधनीले मोहीविरुद्ध उजुरी दिन थालेको भूमिसुधार तथा मालापोत कार्यालयले जनाएको छ ।
३४ जना जग्गाधनीले मोहीविरुद्ध उजुरी दर्ता गराएको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख पुष्पराज पाण्डेले जानकारी दिए । उजुरीमा एकजना मोहीले १ देखि डेढ बिघासम्म जग्गा जोतभोग गरेको उल्लेख छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  ८ : १३ बजे