९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

गुडिरहेको गाडीको अकस्मात टायर पञ्चर, अनियन्त्रित हुँदा चालकको मृत्यु



बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नयाँमिलमा ग्यास बोकेको पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भिर घाइते भएका छन् ।

बेलहिया सडक खण्ड अन्तर्गत नयाँमिलमा बुटवलबाट मणिग्राम तर्फ जाँदै गरेको लु १ च ३८२६ नं. को ग्यास सिलिण्डर बोकेको पिकअप गाडी मणिग्रामबाट बुटवलतर्फ आउँदै गरेको लु १९ प ५३६३ नं. को मोटरसाइकलसँग ठोक्किन पुग्दा दुर्घटना भएको हो।

मुख्य सडकबाट गुडिरहेको गाडीको अकस्मात टायर पञ्चर भएपछि अनियन्त्रित भइ सर्भिस लेनमा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिन पुगेको थियो ।

पिकअपले मुख्य सडक र सर्भिसलेनलाई छुट्टयाएको फलामे रेलिङ भाँचेर सर्भिसलेनमा पुगेको थियो । दुर्घटनामा परेर पिकअप चालक असकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घाइते हुनेमा मोटरसाईकल चालक पाल्पा तिनाउ गाउँपालिका वडा नं. १ का ४७ वर्षका कमल प्रसाद पोखरेल र पछाडि बस्ने कृष्ण खड्का छन् । उनीहरुको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ।

घाइते दुवै जनाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  ८ : ०० बजे